काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। भदौ २३ र २४ गतेका प्रदर्शनमा नागरिकहरूले राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राखेका थिए। यस क्रममा काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा ४५ व्यक्तिको मृत्यु भएको थियो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालय, अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको अध्ययनपछि उनीहरूलाई शहीद घोषणा गरिएको हो। खरेलले भने, “अन्य थपको बारेमा अध्ययन भइरहेको छैन।”
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्णय अनुसार शहीदहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका छन्।



