देश

बालगोपालेश्वर मन्दिरमा लगाइयो भाइटीका

काठमाडौं । तिहारको मुख्य दिन भाइटीकाको अवसरमा आज काठमाडौंको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा विशेष चहलपहल देखियो। दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूले यहाँ पूजाआजा गरी भाइटीका लगाएका छन्।

परम्पराअनुसार यो मन्दिर वर्षमा एकपटक मात्र — भाइटीकाको दिन — सर्वसाधारणका लागि खुल्ने गर्छ। बिहानैदेखि श्रद्धालुहरूको भीड लागे पनि भाइटीकाको शुभ साइत बिहान ११स्३९ बजे निर्धारित गरिएको थियो।

भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन छ। तर, जसका दिदीबहिनी वा दाजुभाइ छैनन्, उनीहरू बालगोपालेश्वर मन्दिर पुगेर पूजाआजा र टीका लगाएर भाइटीकाको आशीर्वाद लिने गर्छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *