काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बोलाउनुभएको सर्वदलीय बैठक शीतलनिवासमा सुरु भएको छ। केहीबेरअघि प्रारम्भ भएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन पनि उपस्थित छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सह–महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल बैठकमा सहभागी छन्।
जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट डा. सिके राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती सहभागी छन्।
राष्ट्रपतिले आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सरकार र राजनीतिक दलबीच सामूहिक सहकार्य र सहमतिको मार्ग पहिचान गर्न बैठक आह्वान गर्नुभएको हो।



