देश

काठमाडौँबाट बाहिरिने सवारी साधन एकतर्फी खुला

काठमाडौँ । धादिङ, नुवाकोट, चितवन, र मकवानपुर जाने सवारी साधन एकतर्फी खुला गरिएको छ ।

यसअघि बन्द गरिएका सडक मौसममा सुधार आएपछि एकतर्फी खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

प्रशासनले अहिले विभिन्न ठाउमा पहरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्दै सडकमा यात्रुको चापलाई मध्यनजर गरि उक्त सडकमा आवागमन एकतर्फी खुला गरिएको जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *