देश

रास्वपामा एकपछि अर्को संकटः सहकारी ठगी र जेनजी आन्दोलनपछि मुख्यालयमै ताल्चा झुण्डिने अवस्था !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै समस्याको थुप्रो बढ्दै गएको छ। गृहमन्त्रीदेखि सांसदसम्म विवादमा मुछिएको पार्टी अब आफ्नै केन्द्रीय कार्यालयबाट समेत विस्थापित हुने अवस्थासम्म पुगेको छ।

मुख्यालय रहेको भवनका मालिक भरतमणि देवकोटाले १० महिनादेखि तिरेनभएको भाडा असुल्न माग गर्दै तीन महिनाभित्र पार्टीलाई भवन खाली गर्न निर्देशन दिएका छन्। भाडा रकम मात्र होइन, देवकोटासँग पार्टीको संगठनात्मक सम्बन्ध पनि गाँसिएको थियो। उनी अनुशासन आयोगका अध्यक्षसमेत रहेका व्यक्ति हुन्, जसले अहिले आफ्नै पार्टीलाई सडकमा उत्रनु पर्ने स्थिति बनाइदिएका छन्। रास्वपाको गतिविधि र नैतिकता प्रष्ट रुपमा बुझेपछि उनले रास्वपाको गतितिविधिबारे प्रष्ट सन्देश बाहिर ल्याइदिएका छन् ।

मासिक ३ लाख ५० हजारको सम्झौता भए पनि हालसम्म ३५ लाख नतिरेको भन्दै देवकोटाले अमेरिकाबाटै नोटिस पठाएका छन्। अनुशासनमा कुरा गर्ने पार्टी आफ्नै आर्थिक जिम्मेवारीमा लापरबाही गर्ने उदाहरण यसले प्रस्ट देखाएको छ । रास्वपा सभापति रवि लामिछान विभिन्न प्रकरणमा मुझिएको थाहा पाए पनि थाहा नपाएजस्तो गर्दै रविलाई सहकारी प्रकरणबाट चोख्याउन रास्वपा सांसदहरुले हस्ताक्षर संकलन, सरकारविरोधी गतिविधि गर्दै देशदेखि विदेशसम्म आफ्ना सभापति रवि लामिछानेलाई जोगाउन रास्वपा सांसदहरुले विभिन्न भ्रम फैलाउँदै देशको र सर्वोच्च अदालतको समेत मानहानी हुने किसिमका गतिविधि गर्दै आएका थिए ।

तर, यो मात्रै रास्वपाको समस्या होइन। सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन्। नेत्री तोसिमा कार्की संसद भवनमा आगजनी उक्साएको आरोपमा आलोचित छिन्। पूर्वमन्त्री सुमना श्रेष्ठ असन्तुष्ट भएर पार्टी छाडिसकेकी छन्। मुकुल ढकाल र निशा डाँगी पनि आ–आफ्नै विवादमा मुछिएका छन्।

त्यसमाथि, लामिछानेको रिहाइका लागि भीड परिचालन, नकली सरकारी पत्रको नाटक र पार्टीभित्रको आपसी आरोप–प्रत्यारोपले रास्वपाको साख झन् गर्तमा धकेलेका थिए । सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा पोखराबाट नख्खु कारागार सरेपछि माओवादी अध्यक्ष प्रचण्डदेखि रास्वपा र अन्य दलका नेता तथा कार्यकर्ताहरुसमेत उनलाई भेट्न बारम्बार हुलाक घरजस्तो जान थालेपछि विभिन्न सन्देशहरु मिडियामा बाहिरिन थालेका थिए ।

गत भाद्र २३/२४ गते जेनजी आन्दोलनका क्रममा रास्वपाका नेताहरु र समर्थकहरुले उनलाई कारागा्रबाट भगाएका थिए । तर प्रधानमन्त्री बन्ने आशाले जेलबाट बाहिरिएका लामिछाने र रास्वपालाई जेनजी आन्दोनकारीहरुले सहकारी ठगीका भ्रष्टहरु भनेपछि लामिछाने र रास्वपा छुप लागेर बस्दै आएका थिए । सो घटनाबारे चौतर्फी विरोध भएपछि रास्वपाका सांसदहरुले नै रविलाई भगाउँदा देशभरीबाट जेलहरु भाग्न थालेको भन्दै क्षमा याचना समेत गरेका थिए ।
जेनजी आन्दोलनलाई भट्काउने रास्वपा पनि हो ।

रास्वपा जनतामाझ नयाँ विकल्पको रुपमा उदाएको थियो। तर, छोटो अवधिमै पार्टीभित्र अनुशासन, नैतिकता र पारदर्शिताको परीक्षा चुकिरहँदा नयाँ पार्टी भनिएको रास्वपाको अहिले साख गिर्दै गएको छ । पहिलो नयाँ पार्टी देशका लागि केही गर्छ भन्ने आशा बोकेकाहरुले नै अहिले लामिछाने भ्रष्ट र रास्वपा सांसदहरु भ्रष्ट्राचारीको संरक्षक बन्दै आएक थिए । “भ्रष्टाचारविरुद्ध लड्ने” दाबी गर्ने नेताहरू नै ठगी र विलासी शैलीमा मुछिँदा रास्वपा राजनीतिक विकल्प नभई अर्को “असफल प्रयोग” बन्ने संकेत देखिएको छ। अब प्रश्न छ – भवन खाली गरेर मात्र संकट टर्छ कि पार्टीको नैतिक दिवालियापनसँगै रास्वपा स्वतः खाली हुन्छर ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *