देश

गृहमन्त्री अर्यालले भने – राजनीतिक पहुँचका कारण रोकिएका सबै फाइल खुल्छन्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका कारण रोकिएका अनुसन्धानका फाइलहरू अब खोलिने घोषणा गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमनपछि शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री अर्यालका अनुसार शान्ति–सुरक्षा कायम र सुशासन सुनिश्चित नगरी आगामी निर्वाचन सम्भव छैन। उनले भने, “राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, बिथोलिएको थियो, अब त्यस्तो हुँदैन।” गत भदौ २४ गते सीआईबी कार्यालयमा जेनजी युवाको प्रदर्शनका क्रममा भएको क्षति अवलोकनपछि पनि उनले अपराध अनुसन्धान अवरुद्ध हुने अवस्थालाई अन्त्य गर्ने प्रतिवद्धता जनाए।

उनका अनुसार अब आर्थिक अपराध, वित्तीय अपराध तथा भ्रष्टाचारसँग सम्बन्धित अनुसन्धानमा अड्किएका फाइलहरू अनिवार्य रूपमा अगाडि बढाइनेछन्। “सरकारको म्यान्डेट नै सुशासन हो, त्यसैले अवरोध फुकाउने निर्देशन दिएको छु,” मन्त्री अर्यालले स्पष्ट पारे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *