देश

त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुकाे नामावलीसहित,१८ जनाको मृत्यु, २५६ जना घाइते

 

काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल २४ जना जेनजी आन्दोलनका घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार, घाइतेमध्ये १६ देखि ३१ वर्ष उमेर समूहका व्यक्ति रहेका छन्। चार जनालाई गोली लागेको छ र उनीहरूको शल्यक्रिया गर्नुपर्ने अवस्था छ।

अन्य घाइतेको घाँटी र टाउकोमा चोट लागेको बताइएको छ। अस्पतालले उपचाररत सबैको नामावली र थप विवरण उपलब्ध गराएको छ।

उपचाररत घाइतेहरूको नामावली :

जेनजी आन्दोलन : ४९ घाइते ट्रमा सेन्टरमा उपचाररत

१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)

२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)

३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)

४. सूर्य राई, सिन्धुपाल्चोक

५. सौरभ कठायत, १९ वर्ष (धनगढी)

६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)

७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)

८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)

९. सौरभ गौतम, २० वर्ष (भोजपुर)

१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)

११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)

१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)

१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)

१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)

१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)

१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)

१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)

१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)

१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)

२०. अस्विन राई, २२ वर्ष (खोटाङ)

२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)

२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)

२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)

२४. राजेश साउद, २५ वर्ष (अछाम)

२५.नाम नखुलेका १ जना

२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)

२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)

२८. पवन शाही, २६ वर्ष (कालिकोट)

२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)

३०. भावना पौडेल

३१.समीर लामा, २२ वर्ष (हेटौँडा)

३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)

३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)

३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)

३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)

३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)

३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)

३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)

३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)

४०. आयमान मगर, २३ वर्ष (धरान)

४१. सागर भट्टराई, २१ वर्ष (झापा)

४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)

४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)

४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)

४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)

४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)

४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)

४८. लुसन सुब्बा, २१ वर्ष (झापा)

४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)

५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)

५१.केशव अधिकारी, ३२ वर्ष

५२. सन्त कुमार महतो

५३. आशुतोष झा

५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)


जेन–जी प्रदर्शनमा १८ जनाको मृत्यु, २५६ जना घाइते; देशभरका अस्पतालमा उपचार जारी

काठमाडौं। सोमबार सामाजिक सञ्जाल प्रतिबन्ध र सरकारी व्यवस्थाविरुद्ध भएको जेन–जी प्रदर्शनमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौंमा १६ जनाको मृत्यु भएको छ भने उपत्यकाबाहिरका जिल्लामा दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

घाइतेहरूको विवरण:

  • सिभिल अस्पताल: ३ मृतक, १०० घाइते (१५ जनालाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर)

  • वीर अस्पताल: ६ घाइते उपचारत

  • ट्रमा सेन्टर: ८ मृतक, ४९ घाइते उपचारत, विपद् योजना लागू

  • एभरेष्ट अस्पताल: ३ मृतक, ३४ घाइते, ७ गम्भीर

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: ४ घाइते

  • काठमाडौँ मेडिकल कलेज (केएमसी): २ मृतक, ३२ घाइते, ६ गम्भीर शल्यक्रिया आवश्यक

  • त्रिवि शिक्षण अस्पताल: १ मृतक, १८ घाइते

  • नर्भिक अन्तर्राष्ट्रिय अस्पताल: ३ घाइते

  • काठमाडौँ उपत्यकाबाहिर:

    • पोखरा गण्डकी अस्पताल: १ घाइते

    • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: २ घाइते

    • झापा, दमक: ७ घाइते

भर्खरै इटहरीमा प्रहरीले गोली चलाउँदा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

देशभरका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप जारी रहेको छ। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारलाई प्राथमिकता दिँदै अस्पतालहरूमा आपतकालीन तयारी थप गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *