काठमाडौं। जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये ४९ जनाले त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन्।
प्रहरीका अनुसार दिउँसो ३ बजेसम्म मात्रै ४९ जना घाइते अस्पताल पुगेका थिए। त्यसपछि पनि थप घाइतेहरू निरन्तर ल्याइएका छन्। अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्मका छन्। तत्काल उपचार भैरहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।







