देश

पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच अनलाइन सञ्चार माध्यम नवीकरणबारे चारबुँदे सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच अनलाइन सञ्चार माध्यम नवीकरणबारे चारबुँदे सहमति भएको छ। छापाखाना र प्रकाशनसम्बन्धी ऐन संशोधनपछि उत्पन्न अन्योललाई सम्बोधन गर्न यो सहमति गरिएको हो।

सहमतिअनुसार नयाँ कानुनी व्यवस्था नआएसम्म अनलाइन सञ्चार माध्यमलाई नवीकरण गर्नुपर्ने छैन। मन्त्रालयले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई अनलाइन मिडियाको सूची राख्न पत्राचार गर्ने पनि निर्णय भएको छ। त्यस्तै, सूचना विभागले सो अवधिसम्म प्रेस पास जारी गर्ने र अनलाइन माध्यम दर्ताका लागि आवेदन संकलन गर्ने जिम्मेवारी पाउने भएको छ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार, हालको अवस्थामै नवीकरणको प्रक्रिया आवश्यक नपर्ने भएकाले अनलाइन सञ्चार माध्यम तत्काल सहज हुनेछन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *