देश

शिक्षा विधेयक संशोधनको माग १८ भदौदेखि निजी विद्यालय बन्द गर्ने तयारी

काठमाडौं । निजी विद्यालय सञ्चालक संघ–संस्थाहरूले विद्यालय शिक्षा विधेयकका विवादास्पद प्रावधान संशोधन नभए १८ भदौदेखि देशभरका विद्यालय अनिश्चितकालसम्म बन्द गर्ने चेतावनी दिएका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा बिहीबार विज्ञप्ति जारी गर्दै कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने, पूर्ण छात्रवृत्ति व्यवस्था, विद्यालयले उत्पादन नगर्ने सामग्री अनिवार्य गर्नुपर्नेजस्ता प्रावधान खारेज गर्न माग गरेका छन् । साथै छात्रवृत्ति वितरणको अधिकार विद्यालयकै हातमा रहनुपर्ने र विभेदकारी धारा हटाउनुपर्ने मागसमेत राखिएको छ ।

संयुक्त आन्दोलनका कार्यक्रमअनुसार १३ भदौमा जिल्ला सदरमुकाम र काठमाडौँ उपत्यकामा खबरदारी सभा गर्ने, १६ भदौमा स्कुल बसमा कालो झण्डा र ब्यानरसहित प्रदर्शन गर्ने र १८ भदौमा पुनः बृहत् सभा गर्ने तालिका सार्वजनिक गरिएको छ ।

प्याब्सनका महासचिव आरबी कटवालले भने, “यदि १८ भदौसम्म पनि सरकार गम्भीर भएन भने हामी बाध्यतावश अनिश्चितकालीन विद्यालय बन्द कार्यक्रम घोषणा गर्नेछौं ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *