काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार उहाँले हालैको विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा धारणा राख्नेछन्।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई साउन २३ गते स्वदेश फर्किएका हुन्।




