राजनीति

बागमती मुख्यमन्त्री बानियाँ आज लिँदै विश्वासको मत, बैठक सुरु

काठमाडौं । बागमती प्रदेशसभाको बैठक मंगलबार साँझ सुरु भएको छ। निर्धारित समयभन्दा ढिला गरी सुरू भएको बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू पेस हुनेछन्। तीमध्ये प्रमाणीकरणका लागि प्राप्त विधेयक, मन्त्रालयको कार्यविभाजनसम्बन्धी पत्र लगायतका विषयहरू पनि प्रस्तुत हुने कार्यक्रम छ।

विश्वासको मत प्रक्रियासँगै बागमती प्रदेशको आगामी राजनीतिक दिशा तय हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *