राजनीति

खतिवडाले दिए राजीनामा, संघीय निजामती सेवा विधेयक विवादपछि सुशासन समितिमा नयाँ मोड

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा बैठकमा उनले समितिको जिम्मेवारीबाट हट्ने औपचारिक घोषणा गरेका हुन्।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा छेडखानी भएपछि सभापति खतिवडामाथि नैतिक दबाब थपिएको थियो। कांग्रेसको संयोजक जीवन परियार नेतृत्वको छानबिन समितिले पनि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो। साथै, कांग्रेसको शीर्ष नेतृत्वले समेत खतिवडालाई राजीनामा गर्न सुझाव दिएको बताइएको छ।

संसदमा पेश विधेयकमा दुई वर्षे कुलिङ पिरियड राख्ने प्रावधान नसमेटिएपछि विवाद सुरु भएको थियो। समितिले सहमति जनाएको प्रावधान विधेयकमा उल्लेख नभएकोले ठूलो आलोचना भएको थियो।

राजीनामासँगै सुशासन समितिमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *