देश

आज प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद गौतमले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई दफावार छलफलमा ल्याउने प्रस्ताव पेश गर्नुहुनेछ। त्यसपछि विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।

आजको बैठकमा अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ।

साथै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नुहुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *