देश

सम्बन्धित मन्त्रीको उपस्थितिबिनै छलफल अघि बढाएको भन्दै सांसद खतिवडाको नियमापत्ति

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सम्बन्धित मन्त्रालयका मन्त्रीहरूको अनुपस्थितिमा संसदमा छलफल अघि बढाइएकोप्रति आपत्ति जनाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री र युवा तथा खेलकुद मन्त्री छलफलमा अनुपस्थित रहेको उल्लेख गर्दै खतिवडाले यो अवस्था अस्वीकार्य भएको बताए।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पनि सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरे। उनले सम्बन्धित मन्त्रीहरूको गैरहाजिरीमा छलफल चलाइनु सदनको अपमान भएको टिप्पणी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *