काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरू आज (शुक्रबार) कालो कपडा र निलो रिबन लगाएर संघीय संसद् भवन पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर तय भएको दिन उनीहरूले भिजिट भिसा प्रकरणमा विरोधस्वरूप यस्तो पहिरन अपनाएका हुन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्दै रास्वपाले जेठ ३० यता प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आएको छ।
यसैबीच, सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न तथा होहल्ला नगरी सहभागी हुन आग्रह गरेका छन्।




