देश

प्रतिनिधिसभाको बैठक सुरू, प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा पनि रास्वपाको अबरोध जारी रहने

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ।आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहेको छ ।

बिगत चैत १३ देखी भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसदको बेल घेराउ गर्दै नारावाजी गर्दै आएको छ । जो आज पनि निरन्तरता पाउने बुझिएको छ।

सो अघि सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन । सभामुखले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरे पनि रास्वपाले भने अस्विकार गरेको थियो ।

सभामुख घिमिरेको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए । रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ ।

सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *