रिबन

इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण सुरु

तेहरान । इजरायलले सोमबार इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ।

आक्रमणपछि केही समयमै आईआरआईबीले पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरु गरेको थियो।

आईआरआईबीका एक वरिष्ठ अधिकारीले प्रत्यक्ष प्रसारणमार्फत् भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ।”

उनले थपे, “इस्लामी क्रान्ति र इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिंदैन भन्ने कुराबारे इजरायल अनभिज्ञ देखिन्छ।”

यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानी टेलिभिजन र रेडियोलाई लक्षित गर्दै ‘उनीहरूलाई ध्वस्त पारिने’ चेतावनी दिएका थिए। विज्ञप्ति जारी गर्दै उनले इरानी ‘प्रोपोगान्डा मेगाफोन’ समाप्त पारिने दाबी गरेका थिए। साथै, उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आदेश दिएका थिए।

इजरायली सेनाले पनि राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ का बासिन्दालाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *