रिबन

उडानको दुई मिनेटमै एयर इन्डियाको विमान खस्यो, पूर्व मुख्यमन्त्री समेत सवार,उद्धार कार्य तीव्र

काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी रहेको छ ।

एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।

विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावाबाट लन्डन जादै थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *