देश

प्रतिनिधिसभाः प्रतिपक्षीद्वारा अवरोध कायम, बैठक स्थगन

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले आज पनि अवरोध कायम राखेका छन्।

बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए। उता सत्तापक्षले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गर्दै सदन सञ्चालनको वातावरण बनाउने प्रयास गरे पनि सहमति जुटेन।

सभामुख देवराज घिमिरेले पटकपटक दलीय आधारमा बोल्न समय दिने प्रयास गर्दा पनि संसद्मा छलफल हुन नसकेको भन्दै आजको बैठक कार्यसूचीमा प्रवेश गर्नु अघि नै स्थगन गरिएको हो।

सभामुखले विपक्षी सांसदलाई अवरोध हटाउन आग्रह गरे पनि सत्तारूढ र विपक्षी दलबीचको छलफलबाट सहमति नजुटेको जनाइएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो।

 

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।

अब प्रतिनिधिसभाको अर्को बैठक जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *