राजनीति

संसद बैठकअघि बोलाए प्रचण्डले विपक्षी दलको बैठक

काठमाडौं । संसद् बैठक अवरुद्ध भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक आज दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, बैठकमा भिजिट भिसा प्रकरणको छानबिन समिति गठनको माग र संसद् अवरोधका विषयमा छलफल हुनेछ।

विपक्षी दलहरूले छानबिन समिति गठनको माग गरिरहेका छन्, तर सत्ता पक्ष तयार देखिँदैन। यही कारण जेठ १३ देखि प्रतिनिधि सभा नियमित रूपमा सञ्चालन हुन सकेको छैन।

शनिबार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संसद् गतिरोधबारे छलफल गरेका थिए। आजको बैठकमा सो भेटवार्ताको विवरण पनि प्रचण्डले विपक्षी दलहरूलाई ब्रिफिङ गर्नेछन्। घटनाक्रम संसद् सुचारु गराउनेतर्फ प्रमुख कसरतको रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *