राजनीति

सांसद साउँदको टिप्पणी : सरकार असफल, अब कांग्रेसले नेतृत्व लिनुपर्ने समय आएको छ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद एनपी साउँदले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै अब कांग्रेसले नेतृत्व लिनुपर्ने समय आएको बताएका छन्।महोत्तरीको जलेश्वरमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुईतिहाइको समर्थन पाएको सरकारबाट जनताले ठूला आशा गरेका भए पनि ती पूरा नभएको बताए। साउँदले संविधानको मर्म अनुसार संसदमार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु आवश्यक रहेको उल्लेख गर्दै, पार्टीभित्रको संगठन सुदृढ पार्दै युवाको सहभागिता र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न कांग्रेस अगाडि आउनुपर्ने बताए।

उनका अनुसार अब कांग्रेसले नेतृत्व सम्हाल्ने र जनताले खोजेको विकल्प बन्ने तयारी गर्न आवश्यक छ। कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि कांग्रेसको निर्णय र सुझाव समेत नमान्ने र एकलोटी निर्णय प्रक्रिया अगाडी बढाउन थालेपछि कांग्रेस एमालेसँग रुष्ट बन्दै गएको छ । नेपाली कांग्रेसले नेपाल राष्ट्र बैङकको गभर्नर त्तत्काल नियुक्ति गर्न बारम्बार आग्रह गरेपनि प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिमा बिचौलिया खडा गरी चलखेल गर्न थालेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउादै आएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *