रिबन

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

काठमाडौँ । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठक टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ ।

बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको बताए ।

उनले भने, ‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौं । एक हजार मानिसहरूको रिहाइको सम्झौता हाम्रो बैठकको परिणाम हो ।’

शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरेका छन् ।

उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ । हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौं ।’

मेन्डिन्स्कीले प्रत्येक पक्षले सम्भावित भविष्यको युद्धविरामको बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् । दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको लागि मिति तय गरेका छन्, तर सार्वजनिक गरेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *