देश

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)’ माथि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम आजै सम्पन्न हुनेछ।

सांसदहरूले आफ्नो विचार व्यक्त गरिसकेपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ। यसअघि, प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि यस प्रस्तावमाथि छलफल जारी थियो।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले छलफलका लागि दलीय आधारमा समयसीमा निर्धारण गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *