काठमाडौं । कर्णाली प्रदेशका अर्थमन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेका छन्। उनले यो बजेट अहिलेसम्मकै फरक र नयाँ हुने दाबी गरेका छन्।
बुधबारको प्रदेश सभा बैठकमा बोल्दै मन्त्री शाहले आगामी बजेटको आकार चालु वर्षको ३१ अर्बबाट बढाएर ३४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको जानकारी दिए। उनले बजेट तयारीका लागि विभिन्न सरोकारवाला निकायहरूसँग छलफल भइरहेको समेत उल्लेख गरे। शाहका अनुसार मन्त्रालयहरूलाई बजेटको सिलिङ बढाएर दिइएको छ, जसले पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा जोड दिइने संकेत गर्छ।
कर्णालीको आगामी बजेटले आर्थिक स्थायित्व र विकासका नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।




