देश

अमेरिका–चीनबीच ९० दिनका लागि आयात कर कटौतीको सहमति

एजेन्सी । अमेरिका र चीनले आपसी व्यापारमा लाग्दै आएको आयात कर अस्थायी रूपमा घटाउने सहमति गरेका छन्। यो सहमति आगामी ९० दिनका लागि लागू हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जनाएका छन्।

स्विट्जरल्याण्डमा सम्पन्न भएको भन्सार शुल्कसम्बन्धी द्विपक्षीय वार्तापछि सोमबार सम्झौताको घोषणा गरिएको हो। वार्तालाई उत्पादक र रचनात्मकु भन्दै बेसेन्टले दुबै देशले एकअर्काको आयातमा १५ प्रतिशतले कर घटाउने सहमति जनाएका हुन्।

ट्रम्प प्रशासनद्वारा चिनियाँ आयातमा १४५ प्रतिशतसम्मको भन्सार शुल्क लगाइएपछि अमेरिका र चीनबीचको यो पहिलो ठूलो सहमति हो। त्यसको प्रतिक्रिया स्वरूप चीनले पनि केही अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्मको कर लगाएको थियो। यी कदमहरूले वैश्विक वित्तीय बजारमा उथलपुथल ल्याएको र सम्भावित मन्दीको चिन्ता बढाएको विश्लेषकहरूले बताएका थिए।

सम्झौताअनुसार अब आगामी ९० दिनसम्म चिनियाँ आयातमा अमेरिकी भन्सार कर ३० प्रतिशतमा सीमित हुनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार कर १० प्रतिशत मा झारिनेछ। यो निर्णयले दुवै देशबीच व्यापारिक सम्बन्ध सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *