रिबन

भारत पाकिस्तान युद्धविरामका लागि सहमत, सबै आक्रमण रोकिने

काठमाडौँ । भारत पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन् ।

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत र पाकिस्तानका सैन्य अप्रेशनका महानिर्देशकबीच आज अपराहन्न कुरा भएपछि दुवै देश सबै प्रकारका जमिन, हवाई र समुद्रबाट गर्न आक्रमण रोक्न सहमत भएको बताएका छन् ।

उनले भने- ‘पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले आज दिउँसो १५: ३५ बजे भारतीय सैन्य अपरेशन महानिर्देशकलाई फोन गरे । उनीहरूबीच दुवै पक्षले भारतीय समय अनुसार ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको छ । आज, यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ । सैन्य अपरेशन महानिर्देशकहरूले मे १२ मा १२:०० बजे फेरि वार्ता गर्नेछन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *