देश

भारतको कडा सन्देश : पाकिस्तान आतङ्कवादीहरूको सुरक्षित घर, अनुसन्धान सम्भव छैन

काठमाडौं । भारतले पाकिस्तानलाई आतंकवादको सुरक्षित आश्रयस्थल भन्दै संयुक्त अनुसन्धान समिति गठन गर्ने प्रस्ताव तत्काल अस्वीकार गरेको छ।

भारतका विदेश सचिव विक्रम मिश्रीले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानमा राष्ट्रसंघले प्रतिबन्ध लगाएका आतङ्कवादी समूहहरु सक्रिय रहेको दाबी गर्दै, संयुक्त अनुसन्धानको माग केवल आतङ्ककारीहरूलाई जोगाउने रणनीति ह, भनेका छन्।

भारतले हालै गरेको ‘अपरेशन सिन्दूर’ को स्पष्ट रूपमा आतंकवादी पूर्वाधारमाथि मात्र लक्षित कारबाही भएको बताएको छ। मिश्रीले पाकिस्तानले जथाभावी रूपमा १६ जना सर्वसाधारण मारिने गरी जवाफी आक्रमण गरेको आरोप लगाए।

पाकिस्तानको आरोपअनुसार भारतले धार्मिक स्थलमाथि आक्रमण गरेको भए पनि भारतले त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै भनेको छ, हाम्रो निशानामा आतंकवादी संरचना मात्र थिए। भारतले गुरुद्वारामाथिको आक्रमण पाकिस्तानबाट भएको भन्दै सिख समुदायका घर र धार्मिक स्थलमा आक्रमण गरिएको आरोप पनि लगाएको छ।

विदेश सचिव मिश्रीले पाकिस्तानले भारतको जलस्रोतसम्बन्धी अधिकार रोक्न खोजेको र सिन्धु जल सन्धिलाई पुनरावलोकन गर्न भारत बाध्य भएको बताए। भारतले भने, पाकिस्तान सीमापार आतङ्कवादको समर्थन नगरेसम्म सन्धिको कार्यान्वयन नहुने चेतावनी दिएको छ। मिश्रीले संवेदनशील अवस्थाका कारण सैन्य अपरेसनका विवरण सार्वजनिक नगर्ने स्पष्ट पारे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *