राजनीति

संसदमा उठयो भारत-पाकिस्तानको बिषय, सरकारको धारणा माग

काठमाडौं। प्रतिनिधिसभाको जारी बैठकमा भारत-पाकिस्तान युद्ददको बिषय उठान भएको छ।नेपाली कांग्रसेसका सांसद रामहरि खतिवडाले भारतले अहिले आतंकवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतंकवाद विरुद्धको लडाइमा नेपालले भारतलाई साथ दिनुपर्ने बताए ।

उनले भने, ‘आतंकवादविरुद्धको लडाइमा जुनसुकै देश लडेको भए पनि त्यसलाई नेपालले साथ दिनुपर्छ ।’उता, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले भारत-पाकिस्तान युद्धमा सरकारको धारणा माग गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोप्रति असन्तुष्टिसमेत जनाएका छन्।‘भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गर्दछु` उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *