देश

आज मोहिनी एकादशी: दुःख र पापबाट मुक्तिका लागि व्रत गरिँदै

काठमाडौँ। दुःख र पापबाट मुक्ति प्राप्त गर्न प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा मोहिनी एकादशीको व्रत गरिन्छ।

मोहिनी एकादशीको व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुन सक्छ भन्ने धार्मिक विश्वास रहेको विभिन्न पुराणहरूमा उल्लेख छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार यो एकादशीको महत्त्व भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएका थिए।

वैशाख शुक्ल एकादशीमा पर्ने मोहिनी एकादशी व्रतका सम्बन्धमा त्रेतायुगमा भगवान् रामचन्द्रले पनि गुरु वशिष्ठसँग जिज्ञासा राखेको पाइन्छ। सीता वियोगका समयमा दुःख र कष्ट नाशका लागि रामचन्द्रले गुरु वशिष्ठसँग सोधेपछि उनले यस व्रतको महत्त्व स्पष्ट पारेको कथा रामायणलगायत ग्रन्थमा वर्णित छ।

गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नगरका राजाका कान्छा छोराको कथा सुनाउँदै यो एकादशी व्रतको महिमा बयान गरेका शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ। आजको दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *