राजनीति

बढ्दो महँगी नियन्त्रण गर्ने विषयमा सरकारको ध्यान जाओस् : प्रकाश ज्वाला

काठमाडौं । नेपाल एकिकृत समाजवादीका सांसद प्रकाश ज्वालाले दैनिक उपभोग्य वस्तुहरूको मूल्य लगातार बढ्दो क्रममा रहेकाले सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले  सरकारको ध्यानाकर्षण गराएका  हुन् ।

उनले सिमेन्ट र फलामे डन्डी जस्ता निर्माण सामग्रीको मूल्य वृद्धि पनि चिन्ताजनक भएको भन्दै आम जनतामाथि थप आर्थिक भार परेको बताएका छन्। “सरकारी अनियमितता र भ्रष्टाचारका कारण देश अशान्त भइरहेको छ,” ज्यावाले आरोप लगाए।

उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति गोप्य राखिनुप्रति गम्भीर प्रश्न उठाएका छन्। “जनताले भोट दिएर पठाएका नेताहरूको सम्पत्ति किन लुकाउने? सार्वजनिक गरिनुपर्छ,” ज्यावाको भनाइ छ।

उनले सम्पत्ति सार्वजनिक नगर्ने प्रवृत्तिले गलत सन्देश जाने भन्दै पारदर्शिता कायम गर्न सरकारलाई आग्रह गरेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *