खेलकुद

ललितपुर सिटीले लगातार दोस्रो पटक जित्यो एनएसएलको उपाधि

काठमाडौं । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ ।

शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर उपाधि जितेको हो ।

ललितपुरको जितमा दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले एक एक गोल गरेका थिए हने पोखराका लागि एक गोल एनआरएन खेलाडी सुदिल राईले गरेका थिए ।

ललितपुरले यस सिजनमा अपराजित रहँदै उपाधि जितेको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रहेको छ ।

च्याम्पियन ललितपुरले नगद ८० लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख पाउने आयोजकले बताएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *