देश

प्रधानमन्त्री ओलीसँग युएईका उपप्रधानमन्त्रीको भेट, व्यापार र लगानीमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मैत्रीपूर्ण सम्बन्धका विभिन्न पक्षका साथै व्यापार र लगानीका विषयमा गहन छलफल भएको थियो। उपप्रधानमन्त्री नाह्यानले युएईका व्यवसायीहरूलाई नेपालको पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहित गर्ने बताए।

दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आइपुगेका उपप्रधानमन्त्री नाह्यानले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न युएई तयार रहेको जानकारी गराए।

प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएईले गरेको द्रुत प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा र हाइड्रो इनर्जी जस्ता क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *