देश

राप्रपाको ‘निषेधाज्ञा च्यालेन्ज’: आज बिजुलीबजारमा शक्ति प्रदर्शन, गृहको कडा चेतावनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा विरोध प्रदर्शन गर्न लागेको छ ।

राप्रपाले आज काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्न लागेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले आजको प्रदर्शनमा निषेधाज्ञा तोड्ने बताएको छ ।

राप्रपाको आजको प्रदर्शनमा राजसंस्था पुनस्थापनाका लागि बनाइएको जनआन्दोलन परिचालन समितिले पनि ऐक्यवद्धता जनाउदै प्रदर्शनमा सहभागी हुन सबैलाई आपिल गरेको छ ।

राप्रपाले आजको प्रदर्शनमा निषेधाज्ञा तोड्ने बताएपछि गृह मन्त्रालयले भने संविधान र कानुनको ठाडो उल्लंघन नगर्न चेतावनी दिएको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनि सार्बजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै संविधान र कानुनको ठाडो उल्लंघन नगर्न चेतावनी दिएको हो ।

गृह मन्त्रालयले भनेको छ- ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पर्दै यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । साथै, मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *