अर्थ

सुनको मूल्यमा भारी वृद्धि: तोलामा ५७०० रुपैयाँले बढ्यो, १ लाख ८१ हजार १०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज (बिहीबार) सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको हो । बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । त्यसपछि क्रमश घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *