अर्थ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *