देश

पूर्वराजाको स्वागतलाई प्रधानमन्त्रीले कथित स्वागत भनेपछि संसदमा तनाव

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको बताएपछि राप्रपाले विरोध गरेको हो । यस्तै प्रधानमन्त्रीले गत फागुन २५ गते त्रिभुवन विमानस्थलमा पूर्वराजा शाहलाई गरिएको स्वागतले कथित स्वागत भनेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नियमापत्ति गरेका छन् ।

प्रधानमन्त्रीको भनाइ यस्तो थियो-
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू अघि बढ्ने साथ देऊ भन्दै वक्तव्यवाजी गरेलगत्तै ठाउँ(ठाउँमा स्वागत कार्यक्रम गरेर जनमत भड्काउन खोजियो । फागुन २५ मा कथित स्वागत सवारी आयोजना गरियो । चैत १४ गते समाज बिथोल्न लागि परेका अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो ।

प्रारम्भिक अध्ययनमा सबै घटनाले स्पष्ट पार्छ पूवराजाले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ । यतिबेला नागरिकको हैसियतमा उहाँले शान्त जीवन बिताउने, नागरिकको कानूनी र संवैधानिक अधिकार प्रयोग गर्ने तथा सरकारले सुरक्षाको प्रवन्ध गर्ने र उहाँलाई नागार्जुन दरवार र मातालाई नारायणहिटी प्रयोग गर्न दिने सहमति भएको थियो ।

म नियमावलीको होइन, संविधान व्यवस्था मास्ने कुरासँग प्रश्न उठाइरहेको छु । सबैले यो देशमा सबैले व्यवस्था र संविधान मान्नुपर्छ । हल्ला गरेको भरमा राजनीति, संसद सबै अवरोध गर्ने काम गर्न मिल्दैन ।

आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउनुहुन्न । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्ना धारणा सार्वजनिक गर्नुपर्दैन रु मानिसलाई मार्न दुरुत्साहित गर्ने, जनकमाण्डर बनाउने, आफू शासक लोभ राख्नेले यी सबै घटनाबारे बोल्नु पर्दैन रु मुल जिम्मेवार उहाँ हो । उहाँले जिम्मा लिनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *