अर्थ

सुनको मूल्यको सुनामी: तोलाको १ लाख ७६ हजार ८०० रुपैयाँ, नयाँ कीर्तिमान!

काठमाडौं। सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *