अर्थ

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं ।नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। आज सुन तोलामा ८ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले बढेर एक लाख ७६ हजारमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलाको एक लाख ७५ हजार २ सयमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *