
काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ । वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत सई सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् ।
स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । स्थानीय आन्दोलित हुँदै बालिकामाथि एक जिम्मेवारीले बलात्कारको प्रयास गरेको भन्दै आक्रोसित बनेका हुन् । तोडफोडको प्रयास गरेपछि स्थानीय र प्रहरीबीच तनावको अवस्था आएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको बताएको छ ।
आरोपित सई सिंहले आज बिहान मर्निङ वाक जाँदा ती बालिकालाई पनि सँगै लगेको र करणीको प्रयास गरेको बुझिएको छ । ‘बालिका र सईको पुरानो चिनजान रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मर्निङ वाककै सिलसिलामा सईले जंगलसम्म पुर्याएर शरीरका गोप्य अंगहरु छोएको र जर्बजस्ती गर्न खोजेको बालिकाको आरोप छ । त्यसपछि बालिका रुँदै घर फर्किएपछि उनले बुबासँग सबै कुरा भनेकी रहेछिन् । बालिकाले आफ्नो बुबासँग सबै कुरा भनेपछि आफन्तहरु भेला भएर सशस्त्रको पोस्ट घेराउ गर्न निस्किएका थिए । अहिले आरोपित सई सिंहलाई सशस्त्रले नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।