देश

प्रतिपक्षको विरोधबीच राष्ट्रिय सभाबाट ५ अध्यादेश पारित, भूमिसम्बन्धी अध्यादेश होल्डमा

काठमाडौं । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् ।

प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन् ।

राष्ट्रियसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ रहेका छन् ।

योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *