
काठमाडौं । सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ७८ जना सहसचिवको सरुवा गर्ने निर्णय बिहीबार सार्वजनिक गरिएको हो ।
जसअनुसार सहसचिव भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहररी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ । त्यस्तै सहसचिव पदम कुमार श्रेष्ठ र दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ ।
सूची अनुसार सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेको संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने पशुसेवा विभागका महानिर्देशक महानिर्देशक उमेश दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।