अर्थ

 ज्यानको बाजी थापेर नेपालमा अवैधानिक सुन आयात ! सुन निलेर मलद्वारबाट निकाल्ने मूर्ख खेल घातक  

काठमाडौं । नेपालमा पछिल्लो समय सरकारले तोकेको सिमा र नियमको उल्लङ्घन गर्दै अवैधानिक रूपमा सुनको अवैधानिक आयातको मात्रा दिनप्रतिदिन बढिरहेको छ । त्रिभुवन विमानस्थलबाट बारम्बार तोलामा नभएर केजीका केजी सुन अवैधानिक आयात हुन थालेपछि प्रहरीले अनुगमन र चेकजाँचलाई तीव्रताका साथ हेरिरहेको छ । तर पनि अवैधानिक सुन नेपालमा आउन भने छोडेको छैन । सुनव्यापारीहरुसँगको कनेक्सनपछि नेपालमा स्वदेशी तथा विदेशी नागरिकनागरिकहरूले पनि सुन अवैधानिक रूपमा नेपाल ल्याएको बुझ्न सकिन्छ ।

एक्काइसौँ शताब्दीमा किन यसरी कालोबजारी बढिरहेको छ ? चर्चित अनुहार र माथिल्लो लेबलमा पुगेका व्यक्तिहरू नै अवैधानिक सुन आयातमा किन जोडिरहेका छन्? के सुन नेपालमा महँगो छ भन्दैमा शरीर अप्रेसन गरेर वा सुन मलद्वारबाट निकालेर पानीले पखालेर बेच्ने बेतिथिको अन्त्य कहिले होला । असल कर्म र असल संस्कारको विकासका लागि नेपालले अब कस्ता रणनीतिहरूलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा समेत सरकारको ध्यान जान जरुरी छ ।

अहिले युवापुस्ताहरूले स्वदेशी तथा विदेशी नागरिक नै अवैधानिक सुन कारोबारमा लागेका समाचारहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । विशेष गरी नेपाल भारत र चीनसँगका नाकाहरूमा सुन चेकजाँच नहुनु र विदेशस्थित विमानस्थलमा राम्ररी यात्रुहरूको सामान चेकजाँच नहुने र सो सुन आयात निर्यातमा सम्बन्धित निकायले नै लापरबाही गरेका कारण गैरकानुनी कार्यहरूले नेपालमा जरा गाड्दै गएको छ । यस्ता गतिविधिका कारण नेपालको छविमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठेस पुगिरहेको छ । गैरकानुनी कार्य रोक्न सरकारको अबको रणनीति के ? 

 माघ १५ गते बुधवार मात्र काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ४ किलो सुनसहित चार जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले उज्बेकिस्तानका तीन महिला र एक पुरुषलाई पक्राउ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिओ र इस्राइलोव्ना साओदत फैजिवा रहेका छन् । प्रहरीले  नियन्त्रणमा लिएका उनीहरुबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

 उनका अनुसार भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शङ्का लागेर चेकजाँच गर्दा मलद्वारामा लुकाएको अवस्थामा सुन बरामद गरिएको हो । दुबईबाट फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु काठमाडौँ आएका थिए। उनीहरू भरिया भएको र सुन अर्कैले पठाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। यो घटना मात्र होइन ,नेपालमा अवैधानिक रूपमा सुन दजनौँले ल्याउन गरेका घटनाहरु यत्रतत्र छरपस्ट रूपमा छन् । सुन व्यापारीसँग कनेक्सनमार्फत नेपालमा आइपुगेको सुन प्रहरीले नियन्त्रणमा लिएर उनीहरुबाट नै अधिक्तम रकम लिएर छोडिएका घटनाहरु समेत नेपालमा छन् । 

यसरकारले गैर कानुनी कार्यमा संलग्नलाई किन पैसाको मोलमोलाई गरेर धरौटीमा छाड्छ । अदालतले समेत त्यस्तो गैरकानुनी कार्यमा लाग्ने र लगाउनेलाई किन कडा सजाय गर्दैन् ? सो विषय पछिल्लो समयमा नेपालमा चर्चाको विषय बनेको छ । शक्तिको आडमा रहेकाहरुले कानुनको दुरुपयोग गर्दै गैरकानुनी कार्यमा लाग्नेहरुलाई प्रचलित कानुन अनुसार किन कारबाही गर्दैन् ?  यसरी गैर कानुनी कार्यक्रमा लागेकाहरुलाई दबाब प्रभाव र पावरका आधारमा उन्मुक्ति दिदैँ जाने हो भन्ने नेपालमा छविमा दिनप्रतिदिन झन बढीघोट लाग्नेछ । 

नेपालमा अवैधानिक सुन तस्करी बढ्नुको मुख्य कारण सीमा नाकामा कमजोर निगरानी, भन्सार तथा सुरक्षा निकायको लापरबाही, र केही प्रभावशाली व्यक्ति तथा व्यवसायीहरूसँगको मिलेमतो मानिन्छ। धेरैजसो सुन भरियाहरू मार्फत नेपाल भित्र्याइन्छ, जसलाई पछाडि ठूला गिरोहले सञ्चालन गरिरहेका हुन्छन्। यसअघिको प्रचण्ड नतृत्वको सरकार हुँदा क्वीटलका क्वीन्टल  नेपालमा अवैध सुन आउन थालेपछि कडा निगरानी बढेको थियो । सो ६० किलो सुन प्रकरणमा पनि चर्चित अनुहारहरू नै मुछिएका थिए । अहिलेको नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले पनि कनेक्सन केलाएर दोषीलाई कडा भन्दा कडा कारबाही गर्न जरुरी छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *