देश

भारतको केआईआईटी टेक्नोलोजी विश्वविद्यालयमा भएको घटनाप्रति आश्यक कूटनीतिक पहल जारी छ : परराष्टमन्त्री देउवा

काठमाडौं । परराष्टमन्त्री आरजु (राणा) देउवाले भारतको ओडिसास्थित केआईआईटी टेक्नोलोजी विश्वविद्यालयमा भएको घटनाका विषयमा आश्यक कूटनीतिक पहल जारी राखेको बताएकी छिन् ।

सोमबार भइरहेको सो घटनाका विषयमा भारतसँग आवश्यक कदम चालिरहेको उल्लेख गर्दै मन्त्री देउवाले नेपाली विद्यार्थीहरुको व्यवस्थामा जोड दिन भारतस्थित नेपाली दुतावासलाई जानकारी गराएको बताएकी हुन् । भारतस्थित नेपाली दुतावासलाईले सो घटनाबाट नेपाली विद्यार्थीहरुलाई अलपत्र नपार्न आवश्यक प्रबन्ध मिलाएको मन्त्री देउवाले सामाजिक संजालमा एक पोष्ट सार्वजनिक गर्दै स्पष्ट पारेकी छिन् ।

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीलाई होस्टेलबाट घर जान भनिएको भन्ने समाचार मिडियामा आएपछिे परराष्टमन्त्रालयले सो विषयलाई गम्भीर रुपमा लिएर कूटनीतिक पहल सुरु गरिसकेको उनले बताइन् । मन्त्री देउवाले सामाजिक संजाल फेसबुकबाट एक सन्देश जारी गरी नेपाली विद्यार्थीलाई नआतिन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेकी छिन् ।

सो घटनाका सन्दर्भमा सम्बद्ध पक्षसँग आज बिहानैदेखि सम्पर्कमा रहेर भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझ्न र नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको उनले बताएकी छिन् । सोही बमोजिम उनले काम गरिरहेको बताउँदै केहीबेर अघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको स्पष्ट पारिन् । यस्तै उनले अपराह्नमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग पनि फोनमा कुराकानी गरेकी थिइन् ।

नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि आफूले आवश्यक पहल र समन्वय गरिहेको राजदूत नविन श्रीवास्तवले आफूलाई जानकारी गराएको परराष्टमन्त्री आरजु देउवाले जानकारी दिइन् । उनले भनिन्‘ विषयमा परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ । पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने नै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *