
काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेको आरोपमा नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गरेको छ ।
कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे मृत्यु हुनुको कारण थाहा पाउन अनुसन्धानका लागि सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले मृतक लम्साल र उनको परिवारलाई न्याय दिनुपर्ने विषयमा विद्यार्थीहरुले कुरा उठाउँदा कलेज प्रशासनले दमन गर्दै कलेजबाट नै निकाला गरिएको स्रोतले जनाएका छन् ।
सो ‘घटनाबारे छानबिन गर्न माग गर्दै नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै प्रशासनले सो विषयलाई फासफुसपार्न बी–आईटी चौथो वर्षका एक नेपाली विद्यार्थीले बताएका छन् ।
