
काठमाडौं । सार्वजनिक कार्यक्रमहरूमा विस्फोटक पदार्थको प्रयोगलाई रोक लगाउन आवश्यक देखिएको छ । पछिल्लो समय शताब्दी परिवर्तन भएसँगै सार्वजनिक कार्यक्रमहरूमा भीडभाड बढ्दो छ। ठूला सभा, उत्सव, विवाह, व्रतबन्ध, जन्मोत्सव, दशैं÷तिहार, छठ जस्ता चाडपर्व तथा अन्य सामूहिक कार्यक्रमहरूमा बेलुन, पटाका, वारुद, र विभिन्न केमिकल मिश्रित विस्फोटक पदार्थहरूको व्यापक प्रयोग भइरहेको छ।
माहोललाई थप आकर्षक बनाउन यस्ता वस्तुहरू प्रयोग गरिए पनि, तिनीहरूबाट हुने सम्भावित दुर्घटनाको जोखिम अधिक रुपमा बढ्दै गएको छ। हेर्दा सामान्य जस्ता लाग्ने वस्तुहरु विष्फोटन हुँदा धेरै धनजन र भौतिक तथा अभौतिक क्षेती भएका समाचारहरु संञ्चारमाध्यमहरु सार्वजनिक भइरहेका छन् । क्षनिक रमाउनका लागि यस्ता बस्तुहरुको प्रयोगले जनताको सुरक्षामा गम्भीर खतराहरू सिर्जना नगर्ला भन्न सकिन्न । भीडभाड भएका स्थानहरूमा विस्फोटक पदार्थको प्रयोगले दुर्घटना, आतंकवाद, तथा अन्य हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्न सक्छ।
अब सरकारले यस्ता वस्तुहरुको प्रयोगलाई राम्ररी अनुसन्धान गरेर रोक लगाउने नीति ल्याउन आवश्यक छ । सरकारले सुरक्षा निकायको सशक्तीकरण पुलिस, सेना, र अन्य सुरक्षा निकायलाई सार्वजनिक कार्यक्रमहरूको निगरानी र अनुसन्धान गर्न आवश्यक उपकरण तथा कानूनी अधिकार प्रदान गर्दै जनचेतना अभिवृद्धिको अभियान संचालन समेत गर्न आवश्यक छ । सो विषयमा नागरिकहरु स्वयं सतर्क रहनु सुरक्षाका दृष्टिकोणबाट राम्रो मानिन्छ ।
सार्वजनिक कार्यक्रममा कुनै पनि प्रकारका विस्फोटक पदार्थलाई प्रयोग गर्नु हुँदैन्। प्रविधिको प्रयोग गरेर सार्वजनिक कार्यक्रमलाई सुरक्षित बनाउन मेटल डिटेक्टर, ड्रोन निगरानी जस्ता प्रविधिहरू प्रयोगले सुरक्षा व्यवस्थालाई बलियो बनाउन थप सहयोग पु¥याउँछ । सरकार, सुरक्षा निकाय, तथा नागरिक समाज मिलेर कार्य गरेमा सार्वजनिक कार्यक्रममा विस्फोटक पदार्थको प्रयोगलाई पूर्ण रूपमा रोक्न सकिन्छ।
सार्वजनिक कार्यक्रममा सुरक्षा चुनौती बढेको छ । शनिबार माघ (३) गत्ते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य गम्भिर घाइते भए अहिले उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भेट गरेका छन् । राष्ट्रपति पौडेल अर्थमन्त्री पौडेल मेयरलाई भेटन सो अस्पताल पुगेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिबार पोखरामा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किँदा आगोको लप्काले जलेर अर्थमन्त्री पौडेर र मेयर आचार्य घाइते भएका थिए । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । दुवै जनाको सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ । हाल सघन उपचार कक्षमा उपचार जारी छ र हिजोभन्दा आज स्वास्थ्यमा सुधार आएको छ। घाउको ड्रेसिङ गरिए पनि अवस्था नियमित अद्यावधिक हुने जनाइएको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले पूर्ण रूपमा भेटघाट बन्द गरेको छ।
उपचारमा प्रा. डा. प्रवीण गिरीको नेतृत्वमा सघन उपचार कक्षको टोली सक्रिय छ। यस्तै, प्रा। डा। शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतका जलन विशेषज्ञहरूको टोली, आकस्मिक उपचारका लागि डा. प्रयुस अर्याल र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत नर्सिङ टोली पनि संलग्न छन्। घटनापछिको उपचारमा सबै स्वास्थ्यकर्मीहरू निरन्तर खटिएका छन् र दुवै घाइतेको अवस्था सुधार हुँदै गएको अस्पतालले पुष्टि गरेको छ।
सोही घटनाको विषयमा घाइते अर्थमन्त्री पौडेल र मेयरको स्वास्थ्य लाभको कामना गर्दै आइतबार प्रतिनिधि सभाको बैठकमा बेलुन विस्फोटनबाट घाइते भएको घटनाले सुरक्षा मापदण्डमा गम्भिर प्रश्न खडा गरेको बताएका छन् । सांसद तथा मन्त्रीहरुले यद्यपि बेलुन विस्फोट सामान्य घटना जस्तो देखिए पनि, उच्च पदस्थ नेताहरूको सुरक्षामा यस्तो असावधानीले ठूलै दुर्घटनाको संकेत गरेको भन्दै कुनै पनि सार्वजनिक ठूला कार्यक्रमहरुमा त्यस्ता बस्तुको नियमन र सुरक्षाको विषयमा ध्यान पु¥याउन समेत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्ता विष्फोटक बस्तुको प्रयोगले नेपाल मात्रै नभई विश्वभर सार्वजनिक समारोहहरूमा सुरक्षा व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने आवश्यकतारहेको महशुस गराएको छ । सार्वजनिक समारोहहरू राजनीतिक, सामाजिक, वा सांस्कृतिक रूपमा महत्त्वपूर्ण हुन्छन्, त्यस्ता सभा तथा कार्यक्रममा असुरक्षा पैदा गर्ने बस्तुलाई सरकारले रोक लगाउनु नै उत्तम सुरक्षाको उपाय हो । बेलुन विस्फोट जस्तो सामान्य लाग्ने घटनाले पनि ठूलै दुर्घटनाको संकेत दिइरहेको छ । यसलाई सरकार र सम्बन्धित निकायले ध्यानपूर्ण बहस र छलफलको माध्यमबाट नियमन र रोक लगाउने विषयमा ठोस निर्णय निकाल्नु जरुरी छ ।