
काठमाडाैं। काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि त्यहाँका सरकारी कार्यालयहरू डुबानमा परेका छन्।
काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको जानकारी एसपी विष्णु जोशीले दिएका छन्। यस कारण वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरूमा बाढी पसेको छ।
पाइप फुटेपछि काठमाडौंको खानेपानी आपूर्ति अवरुद्ध हुने खतरा रहेको छ। उद्धारका लागि नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली घटनास्थलमा खटिएको छ।