
काठमाडौं । धनगढीमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिका बलाकृत भएकी छिन् । विद्यालयबाट घर फर्कने क्रममा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । उनी धनगढीमा बसेर अध्ययन गर्दै आएकी थिइन् । उनीमाथि गत बिहीबार साँझ एक युवाले ज्यानमार्ने धम्की दिदैँ बलात्कार गरेका थिए ।
स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेको प्रहरीले जनाएको छ ।
किशोरीलाई आफूले भनेको नमाने मारिदिने भन्दै घरमैँ लगेर ती युवाले बतात्कार गरेर फरार भएको प्रहरीको भनाइ छ । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार पीडित किशोरीले शनिबार साँझ मात्र किटानी जाहेरी दिएकी थिइन्। किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको छ ।
पछिल्लो समय देशभर विभिन्न स्थानमा महिलामाथि विभिन्न किसिमका दुव्र्यवहार भइरहेका छन् । सरकारले बतात्कारीलाई कडा भन्दा कडा सजाय दिन नसक्दा अभियुक्तले पुनः सोही क्रियाकलापमा चासो राखेका घटनाहरुसमेत सामाजिक संजालमा दिनप्रतिदिन प्रकाशन भइरहेका छन् । दोषीलाई खोजी गरी कडा भन्दा कडा सजाय गरी पीडितलाई न्याय दिँदै देशभरका किशोरीहरुलाई सु्रक्षा प्रदान गर्ने अभियानलाई विभिन्न निकायले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्न आवश्यक छ ।