खेलकुद

नेपालले थाइल्याण्डलाई दियो ८२ रनको लक्ष्य

काठमाडौँ । नेपालले थाइल्याण्डलाई ८२ रनको लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई ८२ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै ८१ रन बनाएको हो ।

नेपालका लागि सम्झना खड्काले सर्बाधिक १७ रन बनाएकी थिइन् भने कबिता जोशीले १४, राजमती ऐरीले ११ र इन्दु बर्माले १० रन बनाएकी थिइन् ।

त्यसैगरी थाइल्याण्डका बलर ओनिचा काम्चोमफुले ३ विकेट लिएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *