रिबन

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमाथि प्रतिबन्ध लगाएका छन्।

अमेरिका र उसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाउँदै ट्रम्पले कार्यकारी आदेशमार्फत् नेदरल्याण्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाएका हुन्। यो आदेशमार्फत् आईसीसीका अधिकारी तथा उनीहरुको परिवारका साथै अदालतमा अनुसन्धानमा काम गर्ने व्यक्तिविरुद्ध आर्थिक र भिषामा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको वासिंटन यात्राका क्रममा ट्रम्पले यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। सन् २०२४ को नोभेम्बरमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले इजरायलका प्रधानमन्त्री नेतन्याहूविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

आईसीसीले नेतन्याहूमाथि गाजामा युद्ध अपराधको आरोप लगाएको थियो। यो आरोपलाई इजरायलले अस्वीकार गर्दै आएको छ। आईसीसीले हमास समूहका प्रमुखविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *